कोल्हबीमा नगर स्तरीय भलिबल टिम छनोट प्रतियोगिता सम्पन्न
बारा जिल्लाको कोल्हबीमा तनहुँ सुनचाँदी पसलको प्रायोजन र जनशक्ति क्लबको आयोजनामा गरिएको कोल्हबी नगर स्तरीय भलिबल छनोट प्रतियोगिता हिजो सोमबार भब्य र सब्य रुपमा सु(सम्पन्न भएको छ।
नगर स्तरीय भलिबल छनोट प्रतियोगितामा कोल्हबी १ खैरा कोल्हबी ३ जुअवा कोल्हबी ६ परसौना कोल्हबी ७ कट्टी कोल्हबी ८ मिलनचोक कोल्हबी ११ थस्कौलको भलिबल टिमको सहभागिता रहेको थियो ।
नकआउट छनोट भलिबल प्रतियोगिताको फाइनलमा कोल्हबी १ खैरा र कोल्हबी ८ मिलनचोक पुगेको थियो र फाइनलमा कोल्हबी १ खैराले कोल्हबी ८ मिनलचोकलाइ ३(० सोझो सेटमा पराजित गर्न सफल भएको थियो ।
कोल्हबी नगर स्तरीय भलिबल छनोट प्रतियोगिताबाट कोल्हबी नगरपालिका वडा नम्बर ३ बाट मनिष चौधरी , सुनिल चौधरी , सुशील चौधरी ,सुनिल चौधरी, वडा नम्बर १ बाट चन्दन थापा ,सन्दिप राना त्यस्तै वडा नम्बर ८ बाट सागर बजगाई र वडा नम्बर ११ बाट यसबन्त पनुहर ,पवन चौधरी किशुनदेब चौधर्री नगर स्तरीय टिममा पर्न सफल भएका छन् ।









