मोटरसाइकल चोरी गरी भाग्दै गरेका ईरफान देवान प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ् टोलीले शंकास्पद अवस्थामा ना।१६ प ६५९५ नम्बरको रातो रंगको १ सय ६ सिसीको यामाहा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २० वर्षीय ईरफान देवानलाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरीको रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
शनिवार साँझ साढे ७ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निवासी अनिल साहको घरकै आँगनमा पार्किङ्ग गरि राखिएको अवस्थामा लक तोडी चोरी गरेर भाग्दै गरेको अवस्थामा देवानलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
प्रवक्ता खनालका अनुसार देवानविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको छ ।