एक सय टी-ट्वान्टी जित्ने भारत दोस्रो टिम बन्यो, पाकिस्तान पहिलो

कोल्हवी न्यूज
२०७८ फाल्गुन ७, शनिबार ०९:५६ गते

भारतले टी–ट्वान्टी क्रिकेटमा १०० खेल जितेको छ । शुक्रबार राती वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले आफ्नो जितको संख्या १०० पुर्याएको हो । टी–ट्वान्टी क्रिकेटमा १०० खेल जित्ने भारत विश्वको दोस्रो टिम हो ।

टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक ११८ खेल जित्ने पाकिस्तान पहिलो टिम हो । शुक्रबार राती दोस्रो टी–ट्वान्टीमा वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले एक खेल अगावै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज पनि भारतले क्लीनस्वीप गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*