सुरक्षाकर्मीकै संरक्षणमा मौलाउँदै तस्करी, रुन्चेले खोले लाईन

कोल्हवी न्यूज
२०७८ फाल्गुन ६, शुक्रबार ०८:२३

सिमावर्ती शहर रक्सौलबाट भन्सार छलेर मदन गुप्ता (रुन्चे) नामबाट परिचित नामी तस्करले निर्वाध रुपमा तस्करी शुरु गरेका छन् ।

पर्सा जिल्लाका विभिन्न नाकाहरुबाट रुन्चेले लाखौ मूल्य बराबरको राजस्व छलेर खुलेयाम तस्करीको सामाग्री भित्र्याउने गरेका छन् । राजस्व चुहावट रोक्ने र तस्करी नियन्त्रण गर्ने अभिप्रायले परिचालित सशस्त्र प्रहरी तथा नेपाल प्रहरीकै संरक्षणमा रुन्चेले तस्करीको लाईन खोल्ने गरेको स्रोतले जनाएको छ ।

रुन्चेले तस्करीको लाईन खोल्नका लागि सिमा क्षेत्रमा परिचालित सशस्त्र एवम् जनपद प्रहरीलाई पनि नजराना बुझाउने गरेको नजराना बुझेका एकजनाले नाम नबताउने शर्तमा यात्राडेलीलाई बताए ।

सिमावर्ती शहर रक्सौलबाट महङ्गो मूल्य बराबरका कपडा तथा मेशिनरी पार्टस सहितका अन्य सामाग्रीहरु भन्सार छलेर बिना बिलको खरिद गरी ल्याई आदर्शनगरस्थित आफ्नै शेयर रहेको ट्रान्सपोर्ट कम्पनीको आडमा उक्त सामाग्रीलाई नेपाली उत्पादनमा रुपान्तरण गर्ने गरेका खुलेको छ ।

भारतबाट ल्याएको तस्करीको सामानलाई आफैले दर्ता गरेको कम्पनीको बिल बनाएर बिक्रि वितरण गर्ने गरेका छन् । केही समय अघिका नामी तस्कार रुन्चे पुनः सलबलाएका छन् । उनको पहुँच सीमामा खटिएका प्रहरी सशस्त्र प्रहरीसँग मात्रै नभएर जिल्लादेखि केन्द्रसम्म सेटिंग रहेको बुझिएको छ ।

कपडासँगै कवाड, ईलेक्ट्रिक सामान, किराना सामान, खाद्यान्न सामान तस्करी मौलाएको छ । सिमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीहरुको मिलोमतोमा सामाग्री भित्रिने गरेको र सो बारेमा थाहा भएर पनि सुरक्षाकर्मीहरुले नजरअन्दाज गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*