ब्राउनसुगरसहित निजगढका युवक पक्राउ

कोल्हवी न्यूज
२०७८ फाल्गुन ४, बुधबार ०९:३०

बाराबाट प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ४१ को मुन्ना लोप्चनलेलाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिकाको वडा नम्बर ८ स्थित पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा शनिबार साँझ बजेको समयमा लागूऔषधसहित लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लोप्चनले चलाई आएको ना ६० प ८२४२ नम्बरको मोटर साइकल रोकी निजको शरीर चेकजाँच गर्दा निजले टाउजर मुनी पलाष्टिकको भागमा प्लाष्टिकमा राखी लुकाई छिपाई राखेको अवस्थामा ४ ९चार० ग्राम अवैध लागूऔषध खैरो हेरोइन ९ब्राउन सुगर० फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका लोप्चन विरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*