साढे ९ किलो अफिमसहित रङ्गपुरबाट युवक पक्राउ, एकजना फरार
पर्सा प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागूऔषध अफिमसहित एकजना युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय सुजन मोक्तान रहेका छन् ।
मोक्तानको साथबाट प्रहरीले ९ किलो ३ सय ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीका अनुसार प्रहरी चौकी रङ्गपुरबाट खटिएको नियमित चेकिङ्ग टोलीले मनवाबाट रङ्गपुर तर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००७ प ६९९० नम्बरको कालो रातो रङ्गको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसिरहेका मोक्तानको साथबाट उक्त मात्राको अफिम बरामद गरिएको थियो ।
मोक्तानले बोकेको कालो ब्यागभित्र सेतो प्लाष्टिकको झोलामा लागूऔषध अफिम जस्तो देखिने लेदो पदार्थ फेला पाएपछि मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लीइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
यद्दपी मोटरसाइकल चालक मोटरसाईकल भने फरार हुन् सफल भएका थिए । मोक्तानलाई छाडेर मोटरसाइकल चालक प्रहरीलाई देख्नसाथ फरार भएको डिएसपी खानाले बताए ।
मोक्तानमाथि लागूऔषधसम्बन्धि कसुरमा मुद्दा अगाडी बढाइएको र फरार मोटरसाइकल चालकलाई पहिचान गरेर खोज्ने कार्य भइरहेको खनालले जनाकारी दिए ।