वेस्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको ‘क्लिन स्वीप’

कोल्हवी न्यूज
२०७८ माघ २९, शनिबार ०७:२२ गते

भारतले वेस्ट इन्डिजसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीपु गरेको छ । अहमदाबादमा हिजो भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्खला ३–० ले जितेको हो । भारतले एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजसँग श्रृङ्खला क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।

भारतले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ओडिन स्मिथले सर्वाधिक ३६ रन जोडे । त्यस्तै कप्तान निकोलस पुरणले ३४ र अल्जारी जोसेपले २९ रन बनाए ।

भारतका प्रसिद्ध कृष्ण र मोहमद सिराजले ३र३ विकेट लिए । दिपक चाहर र कुलदीप यादवले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि श्रेयस आयरले ८० रन तथा ऋषब पन्तले ५६ रनको अर्धशतकीय पारी खेले। वेस्ट इन्डिजका जासन होल्डरले ४ तथा अल्जारी जोसेप र हेडेन वाल्शले २र२ विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*