जन्ती चढेकाे गाडी दुर्घटना, २२ जना घाइते
दाङमा जन्ती चढेको गाडी दुर्घटना भएको छ । २२ जना जन्ती घाइते भएको र तीन जनालाई बढी चोट लागेको छ ।
भारत बाट दुलही लिन कोइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतिय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा(५ चिसापानी नजिक दुर्घटना भएको थियो ।
भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउदै गरेको भ्यान शुक्रबार साँझ करिब ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । दुलहा अर्को गाडीमा चढेका थिए । गाडीको ब्रेक फेल हुदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।