कुन्या छप्कीमा स्वस्तिमा, भर्लिन् उडान ?

कोल्हवी न्यूज
२०७८ माघ २९, शनिबार ०७:१७

मंगलबार साँझ स्वस्तिमा ९खड्का०ले ‘कोल्ड म्यान असार–३’ भन्दै एउटा पोस्टर सार्वजनिक गरिन् । पोस्टरमा एक महिला छन् । मलिन अनुहारमा देखिएकी ती महिलाले रातो धोतीमा चौबन्दी बुट्टे चोली लगाएकी छन् । दुवै हातमा कलेजी रङका चुरा छन् । गलामा पहेँलो पोतेको झुत्तो छ । पोतको झुत्तोमा कानेगुजी कोट्ट्याउने कनकर्नु र हुप्सियो ९साडी पिन० झुन्ड्याइएको छ । बायाँ हातको साइँलीऔँलामा घुरमैलो औँठी छ । काँधमा कालो झोलाका दुई फित्ताले गाउँले महिलाको परिचय थप बलियो पारिदिएको छ ।

निदारको रातो टीका, घाँटीको कुन्या छप्की र नाकको फुलीले सुदूरपश्चिमको कुनै एक दूरदराजको गाउँले विवाहित महिलाको स्पष्ट झल्को दिन्छ । नाकको फुली र कानमा मुन्द्रामा देखिने ती महिला अरू कोही नभएर उनै स्वस्तिमा हुन् । यो गेटअप स्वस्तिमाको चलचित्र ‘चिसो मान्छे’को हो । चिसो मान्छेको चरित्रमा स्वस्तिमाले लगाएको लुगा र त्यसमा देखिएको उनको भिन्न रूप हो ।

पृष्ठभूमिमा जंगल छ । उभिएको जग्गामा गहुँ वा जौको बाला छ । यो भूमिचाहिँ बाजुराको हो । चलचित्र छायांकनका लागि बाजुरा पुग्दा लिएको दृश्यको स्टिल फोटोजस्तो देखिने तस्बिरको पृष्ठभूमि र जमिन भने भीएफएक्सझैँ लाग्छ ।

जे होस्, निर्माण पक्षले पोस्टरमा मिहिनेत गरेको देखिन्छ । निर्माण पक्षको मिहिनेतलाई स्वस्तिमाले चरित्र निर्माणमा साथ दिएको स्पष्टै देखिन्छ । काठमाडौंको रहनसहन, खानपान र गेटअपमा हुर्केरबढेकी स्वस्तिमा सुदूरपश्चिमको लबजमा पनि नाटकीय लाग्दैन । लाग्छ, उनी उतैकी स्थानीय हुन् । निर्देशकले चरित्र बनावटी नदेखियोस् भनेर स्थानीय व्यक्तिलाई ट्रेन्ड गरेर कलाकार बनाएझैँ लाग्छ । पोसाकमा कति मिहिनेत गरिन्, मेकअपको कति योगदान छ, त्यो केही हदसम्म देखिएको छ । त्यसैले त यसका निर्देशक यति बेला उनकै शब्दमा ‘पोस्टर नै ट्रेलर हेरेजस्तै भयो’ भन्ने शुभेच्छुकबाट आएको प्रतिक्रियाले दंग छन् ।

विवाहित महिलाको चमक हराएको मलिन अनुहार अनि निर्माण पक्षले केही महिना पहिला सार्वजनिक गरेको फर्स्ट लुकको चौतारोमा राखिएको कफिन । यसबाट चलचित्रको कथाको मोटामोटी अनुमान लगाउन सकिन्छ– वैदेशिक रोजगारीमा श्रीमान्ले ज्यान गुमाए । श्रीमान्को शव बुझ्न उनी काठमाडौं आइन् । शव बुझेर आफ्नै थातथलो फर्कँदै गर्दाको एक दृश्य हो यो ।

सुनौलो भविष्य कुँद्न खाडी पुकेका श्रीमान्ले उतैबाट बिदाइको हात हल्लाएपछि कसरी हुन्छ लाउँलाउँ खाउँखाउँ उमेरकी श्रीमतीको अनुहार उज्यालो रु कसरी आउँछ उनको अनुहारमा आभाको कान्ति रु कथा कसरी अगाडि बढ्छ त्यो असार ३ मै थाहा होला । निर्देशक दीपेन्द्र के खनाल र नायिका स्वस्तिमाले मिहिनेत चरित्र चित्रण गर्ने पोस्टरमा मात्रै गरेका छन् कि चलचित्रमा पनि रु त्यो त असार ३ ले देखाउने नै छ ।

करिब तीन वर्ष अगाडि स्वस्तिमा चलचित्र ‘बुलबुल’मा चरित्र ९रणकला०को भूमिकामा देखिएकी थिइन् । ओपन इन्डेड चलचित्रको अन्तिम सिनमा रणकला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षाकक्षमा श्रीमान्को पर्खाइमा छोरीसँग व्यग्रतामा देखिन्छिन् । त्यहाँ उनका श्रीमान् कफिनमा फर्किन्छन् वा आफ्नै हातमा सुटकेस लिएर ट्रलीमा, त्यो त निर्देशक विनोद पौडेलले देखाएका छैनन् । तर, धेरैले सिनेमा हलमा अनुमान लगाउँदै उठ्छन्– उनको डेडबडी नै आउँछ ।

स्वस्तिमा चिसो मान्छेमा पनि करिब–करिब उस्तै समस्याको सामना गर्दैै छिन् रु हुन त बुलबुलकी रणकला र टेम्पो चालकको कथामा बनेको रेखा थापाको ‘रामप्यारी’ कहाँ एकै लाग्छ र रु भिन्न चलचित्र भिन्न कथा, भिन्न चरित्र भिन्दै अभिनय ।

जे होस्, चरित्र रणकलाले स्वस्तिमालाई सिनेमाको शिखरमा पुर्यायो । त्यसलाई चिसो मान्छेमार्फत उनले टिकाउँछिन् वा गिराउँछिन् रु त्यो त हेर्नु नै छ । तर, टिकाइराख्ने अवसर भने पाएकी छन् । कारण, निर्देशक दीपेन्द्र नेपाली सिनेमा उद्योगका गिनेचुनेका सीमित निर्देशकमध्येकै एक हुन् । आफ्नै समाजको कथा खोजेर त्यसलाई चलचित्रको माध्यमबाट भन्ने निर्देशक हुन् । त्यसो त स्वस्तिमालाई चलचित्र ‘लभ लभ लभ’मार्फत सोलो नायिकाको रूपमा पहिलो अवसर दिएर उनलाई शिखरको बाटो देखाइदिने उनै दीपेन्द्र हुन् । त्यसैले उनीहरूले यो चलचित्रमा कस्तो काम गरेका छन्, सायद धेरैलाई प्रतीक्षा छ ।

यो महसुस दीपेन्द्रले स्वयंले पनि गरेका रहेछन् । “मैले पोस्टरबाट जति धेरै सकारात्मक प्रतिक्रिया पाएको छु, त्यति धेरै चलचित्रप्रति दर्शकको अपेक्षा बढेको छ । त्यसैले चलचित्र राम्रो भएन भने अहिलेको यो सकारात्मक प्रतिक्रिया भोलि नकारात्मक प्रतिक्रियामा परिणत हुन्छ,” उनी भन्छन्, “तर, पोस्टरबाट पनि यति धेरै माया, सद्भाव र अपेक्षा बढाउँछ भन्नेचाहिँ पहिलोपटक अनुभव गर्दै छु । र, हामीले चलचित्रमा जति काम गरेका छौँ, यसले पोस्टरमा पाएको शुभेच्छुकको माया ब्याक फायर हुँदैन भन्नेमा ढुक्क छौँ ।” नेपाली मेकर ट्रेलर बनाउन जान्न थालेछन् तर सिनेमा बनाउँन जान्दैनन् भन्ने टिप्पणीको हेक्का निर्देशकले राखेका छन् अथवा छैनन् हेर्नै बाँकी छ ।

चिसो मान्छे ट्राभल स्टोरी हो । काठमाडौंबाट श्रीमान्को शव बझाङसम्म पुर्याउँदाको कथा यो चलचित्रको मुख्य कथानक हो । यो भावनात्मक कथा र दृश्यलाई चल्ने चित्रमा दीपेन्द्रले कसरी खिपेका छन्, त्यसैमा स्वस्तिमाको अभिनय उडान र उनी स्वयंको निर्देशकीय क्षमताको मूल्यांकन निर्भर छ । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*