छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

कोल्हवी न्यूज
२०७८ माघ २९, शनिबार ०७:०८ गते

चालू आर्थिक बर्ष २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।

अर्थमन्त्रालयले विहीबार सार्वजनिक गरेको आ व २०७८र७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा ९ अर्व ६९ करोड २४ लाख रूपियाँ खर्च भएको छ ।

जसमध्ये सबैभन्दा बढी संघीय सरकार्ले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ करोड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७र७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ । अर्थसंसारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*