मेस्सीले लिगमा दोस्रो गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन ९पीएसजी० ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५(१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए । पीएसजीको यो सिजनको १७ औं जित हो ।
पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे । यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन। यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ ।









