समाज सेवामा गुहेश्वरी बैक, १२५ बिद्यार्थीका लागी स्वेटर बितरण
२०७८ माघ २३, आईतवार १७:५३ गते

हेटौंडा/गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाईनान्स लिमिटेड हेटौडा शाखाले मकवानपुरगढी गाउँपालिका वडा नं ८ बुढीचौरमा रहेको बाल जाग्रीती आधारभुत विद्यालयमा रहेका १२५ जना बिद्यार्थीका लागी स्वेटर बितरण गरेको छ ।
स्वीटर बितरण कार्यक्रममा हेटौडा शाखा प्रमुख विजय पुडासैनी, आनन्द राम पराजुली, उत्सब ईटेनी, वडा नं ८ का अध्यक्ष कुमार सिं घिसिङ, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बिद्यालयका प्रधानध्यापक लगायतको उपस्थित रहेको थियो।










