भारतको महिला मात्र समाचार सञ्जाल
महिला मात्र समाचार सञ्जाल साक्षरता योजनाबाट सुरु भएको थियो । सुरुमा सामाजिक मुद्दालाई समेटेर दलित महिलाले हस्तलिखित पत्रिका चलाएका थिए । सन् २००२ देखि यी महिलाले हस्तलिखित पत्रिकालाई ‘खबर लहरिया’ साप्ताहिकका रूपमा प्रकाशन गर्न थाले । ‘खबर लहरिया’ उत्तरप्रदेशमा प्रकाशित हुने भएकाले र त्यहाँ सम्भवतः दलितको जनसंख्या उल्लेख्य रहेकाले सरकारी अधिकारीले लहरिया साप्ताहिकमा बिस्तारै चासो दिन थाले । परिणामतः सडक पिच भए, शौचालय बने र अस्पतालमा औषधि उपलब्ध हुन थाले । ‘हाम्रो रिपोर्टिङले मानिसलाई प्रायः हरेक महिना न्यायको प्रत्याभूति गराउँछ’ साप्ताहिककी प्रधान सम्पादक कविता देवी बताउँछिन् । अहिले खबर लहरिया संवाद कार्यक्रम चलाउने पहिलो डिजिटल ग्रामीण समाचार सञ्जाल बन्न पुगेको छ । र, लहरियाको युट्युब च्यानलमा करिब पाँच लाख ५० हजार सब्स्क्राइबर छन् ।
लोकतन्त्रलाई स्वस्थ राख्न अत्यावश्यक समाचार संकलनका क्रममा यस प्रकाशनले थुप्रै अवरोध झेल्नुप¥यो । ठूला मिडिया कम्पनीले प्रायः सहरका उपल्लो भनिएका जातका बफादार पुरुषलाई नियुक्त गर्ने सन्दर्भमा लहरियाका पत्रकारलाई गम्भीरतासाथ लिइँदैन । शक्तिमा रहेकाहरू आलोचना मन पराउँदैनन् । लैंगिकता एवं जातका आधारमा शक्तिहीन यी पत्रकारसँग प्रेसको निःसृत शक्तिको विकल्प थिएन । यी पत्रकारका कथाले लोकतन्त्रका लागि हामीलाई साहस र मिहिनेत मात्र नभई निरन्तर सतर्कता र चनाखोपन चाहिन्छ भन्ने देखाउँछ । यी नवसाक्षर ग्रामीण महिला कसरी खोजी पत्रकार बने भनेर ‘राइटिङ विथ फायर’ वृत्तचित्रमा वर्णन गरिएको छ । यस वृत्तचित्रले सन् २०२२ को एकेडेमी ९ओस्कर० अवार्डको सूचीमा ठाउँ बनाएको छ । र, ओस्कर अवार्ड पाए यो वृत्तचित्र भारतीयद्वारा नै निर्देशित ओस्कर अवार्ड पाउने पहिलो भारतीय फिल्म हुनेछ । विश्वभर लोकतान्त्रिक मान्यता खतरामा परिरहेको वेला वृत्तचित्रले ओस्कर अवार्ड पाए लोकतन्त्रका गुमनाम नायकलाई पनि प्रोत्साहन हुनेछ । वृत्तचित्र मुख्य रिपोर्टर मीराको अन्तर्वार्ताबाट सुरु हुन्छ, जहाँ उनी एकै महिनामा आफ्नै घरमा ६ पटक बलात्कृत भएको बताउँछिन् ।
मीराका श्रीमान्ले उजुरी गर्न खोजेका थिए तर प्रहरी अधिकारीले उजुरी लिन मानेनन् । वृत्तचित्रमा उनी प्रहरी कार्यालयमा जान्छिन् र उजुरी नलिनुको कारण माग गर्छिन् । ‘जब नागरिकले आफ्ना अधिकार माग गर्छन्, तब हामीजस्ता पत्रकार यी माग सरकारसामु पु¥याउँछौँ । तसर्थ पत्रकारिता लोकतन्त्रको मर्म हो,’ उनी भन्छिन् । निर्देशकद्वय सुस्मित घोष र रिन्टु थोमसले खबर लहरियाले सन् २०१६ मा डिजिटल माध्यममा फड्को मारेदेखि वृत्तचित्रको छायांकन थालेका थिए । वृत्तचित्रमा घरमा बिजुलीको सुविधा पनि नपाएका महिलाहरू बडो सावधानीसाथ बट्टाबाट नयाँ मोबाइल फोन झिकिरहेका छन् । चलचित्रको अन्त्यमा मीरा र उनका सहकर्मी राजनीतिक ¥यालीका अगाडि मोबाइल क्यामेरा तेस्र्याएर तस्बिर कैद गरिरहेको दृश्य देखिन्छ । लहरियाका पत्रकार आफू कुनै पनि राजनीतिक आन्दोलनसँग आबद्ध नभएका र वस्तुनिष्ठता एवं स्वतन्त्रताका मूल्य–मान्यता मान्ने रिपोर्टरका रूपमा चिनिन चाहन्छन् ।
‘उनीहरूले यो स्तरको सनकी साहस कहाँबाट जुटाउँछन् रु के उनीहरूसँग गुमाउनका लागि केही नभएकै हो रु धेरैले सोध्छन्,’ थोमस बताउँछिन्, ‘म उनीहरूको साहसलाई यसरी हेर्दिनँ । साप्ताहिकका हरेक पत्रकारलाई शिक्षामा पहुँच निकै गाह्रो रहेको थाहा छ र उनीहरू जसको आवाज बनेका छन्, त्यसको अर्थ बुझ्छन् । यदि आफूले रिपोर्टिङ नगरे कसैले पनि गर्नेछैन भन्ने उनीहरूलाई थाहा छ ।’ ‘राइटिङ विथ फायर’ले प्रतिकूल अवस्थामा लोकतन्त्रका पक्षमा कसरी उभिने भन्ने जानकारी दिन्छ । सन् २०१७ मा योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री बने । उनले स्थापना गरेको हिन्दू युवा बाहिनीले हिन्दूको रक्षा गर्ने र मुसलमानलाई दण्ड दिने भनेर सडकमा तरबारसहित प्रदर्शन गरेको थियो ।
खबर लहरियाका रिपोर्टरले बढ्दो हिन्दू राष्ट्रवादलाई कसरी समेट्ने भनेर योजना बनाए । वृत्तचित्रमा मीरा हिन्दू युवा बाहिनीका नेतासँग अन्तर्वार्ता लिन्छिन् । एक प्रश्नको उत्तरमा ‘मेरो परम् कर्तव्य हाम्रा पवित्र गाईहरूको रक्षा गर्नु हो’ भन्ने जवाफ आउँछ । महिलाले आफूलाई बलात्कारबाट जोगाइदेऊ भन्नुपर्ने अवस्थामा नेताहरू गाईको रक्षा गर्ने वचन दिइरहेका छन् । थुप्रै तथाकथित उपल्लो जातका पत्रकार भारतको राजनीतिक संस्कारमा आएको परिवर्तनबाट चकित छन्, तर खबर लहरियाका पत्रकारले यो अवस्था अड्कलेका थिए । सम्भवतः लहरियाका पत्रकारले जसबारे समाचार बनाउँछन्, ती आफैँ र आफ्नै समुदायका भएकाले पनि यो सम्भव भएको होला । अमेरिकामा खस्किँदो लोकतन्त्रका सन्दर्भमा अमेरिकी पत्रकारका लागि मैले मीरासँग सुझाब माग्दा उनले आममान्छेका कथालाई समाचारमा उतार्न सुझाएकी थिइन् ।
धर्मनिरपेक्षता र बहुलवादको मूल्य–मान्यता बोक्ने भारतका मूलधारका मिडियाले घुँडा टेक्दा खबर लहरियाले वृत्तचित्रका माध्यमबाट साहसी पत्रकारिताको सरहाना पाइरहेको छ । अहिले पनि दलितले तथाकथित उपल्लो जातबाट विभेद खेपिरहेका छन् । यद्यपि ऐतिहासिक रूपमा लोकतान्त्रिक मूल्य–मान्यताका लागि दलित उभिएका छन् । दलित समुदायबाट आएका कानुनका विद्वान् भीमराव अम्बेडकर भारतीय संविधानका मुख्य निर्माता हुन् । संविधानले भारतका धार्मिक अल्पसंख्यकको रक्षा एवं समानताको प्रत्याभूति गराउँछ । अहिले केही दलित नेता कथित उपल्लो जातका नेताको स्वीकार्यताका लागि सत्तारुढ दलमा प्रवेश गरिरहेका छन् भने अन्यचाहिँ दलित, मुसलमान एवं अल्पसंख्यकमाथि भइरहेका अत्याचारविरुद्ध बोलिरहेका छन् । हजारौँ वर्षदेखि हिन्दू जात व्यवस्थाबाट प्रताडित भएकाहरूले हिन्दू राष्ट्रवादको आलोचना गर्नु स्वाभाविक देखिन्छ र यदि भारतको उदार लोकतन्त्र जोगाउनु छ भने त्यो काम दलितले मात्रै गर्न सक्नेछन् । द न्युयोर्क टाइम्सबाट










