शरीरमा ८६४ वटा किरा फटेङ्ग्राको टाटू खोपाएर विश्व कीर्तिमान

कोल्हवी न्यूज
२०७८ माघ २२, शनिबार ०७:३७ गते

आफ्नो शरीरभरि किरा फटेङ्ग्राका ८६४ वटा टाटू खोपाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल अमेरिकाको न्युयोर्क निवासी एक पुरुषले दिएको अभिव्यक्ति सबैलाई अस्वाभाविक लागेको छ ।

माइकल एमोइयाले वास्तवमा आफूलाई किरा फटेङ्ग्राको नाम सुन्नासाथ घिन लाग्ने गरेको बताएका छन् । उनले यो विश्व उपाधि बेलायती पुरुष बाक्सटर मिल्सोमबाट खोसेका हुन् । यसअघि मिल्सोमले शरिरमा ४०२ वटा किरा फटेङ्ग्राको टाटु खोपाएर विश्व कीर्तिमान राखेका थिए । एमोइयाले २१ वर्षको उमेरमा आफ्नो पाखुरामा रातो रानी कमिला खोपाएर अनौठो शौखको शुरुवात गरेका थिए ।

उनले मानिसहरूले प्रायस् आफ्नो शरीरका टाटु हेर्दै आफूलाई किराफटेङ्ग्रा प्रेमी होला भनेर गलत अन्दाज गर्ने गरेको बताएका छन् । उनले आफू तिनीहरू देखेर बरु डराउने गरेको बताएका छन् । तर अँध्यारो चिजको पनि सकारात्मक र उज्यालो सन्देश दिनुपर्छ भन्ने उद्देश्यले आफूले यस्ता टाटु खोपाउने गरेको उनी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*