मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी २९ वर्षदेखि पक्राउ

कोल्हवी न्यूज
२०७८ माघ २२, शनिबार ०७:३४

भारतीय सुरक्षा एजेन्सीले मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गरेको छ ।

सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागे पछि अबु फरार रहेका थिए ।

भारतीय सुरक्षा एजेन्सीले अबुलाई यूएईबाट पक्राउ गरेको छ । अबुविरुद्ध सन् १९९७ मा रेड कर्नर नोटिस जारी गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका अबुलाई यूएईबाट भारत ल्याइँदैछ । उनको पूरा नाम अबु बक्र अब्दुल गफूर शेख हो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*