आन्तरिक हवाई उडानको भाडा दरमा वृद्धि,सबैभन्दा बढी काठमाडौँ–धनगढीको ४४५ रुपैयाँ

कोल्हवी न्यूज
२०७८ माघ २२, शनिबार ०७:१५ गते

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले हिजो शुक्रवारबाट लागू हुनेगरी भाडा बढाएको हो। सङ्घले एक सय पाँच रुपैयाँदेखि चार सय ४५ सम्म वृद्धि गरेको सङ्घले जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार सङ्घले प्रयोग गरेको हो ।

बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको चार सय ४५ रुपैयाँ रहेको छ । यस्तै काठमाडौँ–विराटनगर दुई सय ४०, , काठमाडौँ–नेपालगन्ज तीन सय २५, काठमाडौँ–पोखरा एक सय ६०, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भरतपुर एक सय पाँच रुपैयाँ बढेको सङ्घले जनाएको छ ।

यस्तै माउन्टेन फ्लाइटको भाडा दर तीन सय ४५ रुपैयाँले बढेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*