जताततै दलालको चलखेल: राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको अभियोगमा तीनजना पक्राउ

कोल्हवी न्यूज
२०७८ माघ २२, शनिबार ०६:४७

राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले अभियुक्तहरुलाई पक्रो गरेका हुन् ।

पक्राउ परेका अभियुक्तहरुमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ घर भई हाल काठमाडौं सोल्टीमोड बस्ने वर्ष ३५ को दिनेश तामाङ, लम्जुङको बेसीसहर गाउँपालिका–११ घर भई हाल काठमाडौं टोखा बस्ने वर्ष ४० को नविन कुमार श्रेष्ठ र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ चनौटे घर बताउने वर्ष ३६ को यम बहादुर थापा मगर छन् ।

अभियुक्तहरुको साथबाट ४० हजार नगद, कम्प्युटर १ थान, ल्यापटप एक थान, प्रिन्टर एक थान, किर्ते गरिएका कागजपत्र ५० थान बरामद भएका छन् ।

अभियुक्तहरुलाई मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*