मोरङ हत्या प्रकरण : २ शव मोरङमा एकको ललितपुरमा भेटियो

कोल्हवी न्यूज
२०७८ माघ २१, शुक्रबार ०७:२८

मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको हो ।

यस हत्या प्रकरणमा पक्राउ परेका आरोपी अनिलकुमार मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका लिम्बुको शव पनि फेला पार्न सफल भएको हो । कुँवरका अनुसार लिम्बुको शव पाँच फिट तल ढलान गरेर गाडेको अवस्थामा फेला परेको छ । मृतक र पक्राउ परेका सबै जना जग्गा कारोबारी थिए । ईकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*