कोल्हवी ११ का वडासचिव घुससहित पक्राउ

कोल्हवी न्यूज
२०७८ माघ २०, बिहीबार १७:०३ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका वडा नम्बर ११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ ।
जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
सेवाग्राहीले दिएको सूचनाको आधारमा आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उक्त घुस बापत‍्को रकम सहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । ग्रेटखबरटिभीबाट साभर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*