बारामा दुई लाख छयान्नबे हजार नक्कली रुपैयाँ सहित एक जना पक्राउ

कोल्हवी न्यूज
२०७८ माघ १९, बुधबार १०:३२

बारा जिल्लाको सिम्रौनगढमा नक्कली रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

हिजो मंगलबार राती सिम्रौनगढको नयका टोला हरिहरपुर सडक खण्डबाट जाली नोट कारोबारीलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरिको संयुक्त टोलिले सो स्थानमा चेकजाँच गर्ने क्रममा ना। २५ प. १९७८ नम्बरको मोटरसाइकलमा सवार किशोरी साहलाई पक्राउ गरेको हो । उनी रौतहट कै मौलापुर नगरपालिका ७ पिपरिया निवासी अन्दाजी ३२ बर्षको रहेको छ।

पक्राउ परेका साहको साथबाट नक्कली नेपाली रुपैया १००० को नोट २९६ थान गरी दुई लाख छयानब्बे हजार र सकली नोट बाह्र हजार एक सय पैतालिस रुपैयाँ बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*