अमेरिकी पूर्व प्रथम महिला मेलानियाको ‘ह्याट’ लिलाम

कोल्हवी न्यूज
२०७८ माघ १७, सोमबार ०६:२९ गते

अमेरिकी पूर्व प्रथम महिला मेलानिया ट्रम्पले लिलाममा राखेको तीनवटा वस्तुको मूल्य सोचिए अनुरूप पुग्न नसकेको बताइएको छ । उनले यसै महिनाको सुरुमा आफूले फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँसङ भेट्दा लगाएको ह्याट, सोही ह्याट लगाएर बनाइएको पानीरङको आफ्नो पेन्टिङ र पेन्टिङको बिक्री वितरण गर्न नमिल्ने टोकन ९एनएफटी०को लिलाम बढाबढको क्रममा २ लाख ५० हजार अमेरिकी डलर हुने अनुमान गरिएको थियो ।

तर बुधबार लिलाम सकिँदा ती वस्तुका लागि पाँचजनाले मात्र बोली लगाएको सीएनएनले जनाएको छ । प्रत्येक बोल न्यूनतम करिब १ हजार ८ सय सोलाना टोकन हुनु आवश्यक थियो । मेलानियाले ती वस्तुहरूको भुक्तानी क्रिप्टोकरेन्सीमा होस् भन्ने चाहेकी थिइन् । तर क्रिप्टोको विश्व बजार एक्कासी खस्किन पुग्दा मेलानियाले भनेजस्तै लिलामको न्यूनतम सोलाना टोकन पुगेपनि त्यसको डलर मूल्य २ लाख ५० हजार पुग्न सकेको थिएन ।

डेली मेलकाअनुसार जनवरीको सुरुमा ती वस्तुको लिलाम गरिने घोषणा हुँदा १ टोकनको मूल्य करिब १ सय ७० डलर रहेको थियो । बुधबार लिलाम बन्द गरिँदासम्म त्यसको मूल्य करिब ९५ डलर पुगेको थियो । त्यसको अर्थ लिलाम गृह हेड अफ स्टेट कलेक्सनूले अनुमान गरिएभन्दा ८० हजार डलर कम अर्थात करिब १ लाख ७० हजार अमेरिकी डलरमा ती वस्तु बेच्नुपरेको थियो ।

मेलानियाको यो ह्याट फ्रेन्च– अमेरिकन डिजाइनर हर्भी पिएर्रेले डिजाइन गरेका थिए । मेलानियाको अटोग्राफसहितको पेन्टिङ भने फ्रेन्च कलाकार मार्क एन्त्वाँ कालोँले तयार पारेका थिए ।
मेलानियाले लिलामबाट संकलित रकमको केही हिस्सा दातृ संस्थालाई दिइने जनाएकी छन् ।  एन्डीटीभीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*