खेलाडीले हृदयबाटै खेलेकाले जित सम्भव भयो : अलमुताइरी

कोल्हवी न्यूज
२०७८ माघ १६, आईतवार ०६:४३ गते

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले सतप्रतशित दिएको बताएका छन्। मौरिससलाई १-० गोलले पराजित गर्न सफल भएपछि उनले हृदयबाटै खेलेकाले यो नतिजा सम्भव भएको पनि बताए।

शनिबार दशरथ रंगशालामा विमल घर्ती मगरको गोलमा मौरिससलाई १-० गोल अन्तरले पराजित गर्न सफल भएपछि उनले बलियो टिमसँग पनि नेपाली खेलाडीले हृदयबाटै खेलेको उल्लेख गरे।

ुहाम्रा खेलाडीले हृदयदेखि खले। उनीहरुले केही विशेष देखाएका थिए। शारीरिक रुपमा बलियो टिमसँग खेलेका थियौँु, उनले भने, ुएसिया कपलाई राम्रो तयारी गरेका छौँ। मौरिसस पनि एसिया कप छनोटमा खेलेका टिम जतिकै बलियो हो। तर हामीले नतिजा निकाल्न सफल भयौँ।ु

अलमुताइरीले कोरोना संकटको प्रवाह नगरी दशरथ रंगशाला पुगेका समर्थकलाई पनि धन्यवाद दिए। मलाई नेपाली फ्यानले धेरै दिनु भएको छ। जुन कुरा कसैले मलाई दिएका थिएनन्। समर्थकसँग नतमस्तक छु म, उनले थपे। पराजित मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले छोटो तयारीमा पनि राम्रो प्रदर्शन गरेर हार्नुपरेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*