पर्साबाट गाँजासहित दुईजना पक्राउ
पर्सा प्रहरीले लागूऔषध गाँजासहित थप २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साकै सखुवाप्रसौनी गाउन्पालिका वडा नम्बर १ दोहोरी टोल निवासी ३५ वर्षीय सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने ४२ वर्षिय दसाही दास रहेका छन् ।
प्रहरीले उनीहरुलाई गएराती विन्दावासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीबाट झौवा जाने बाटोबाट पक्राउ गरेको हो । प्रहरी चौकी अमरपट्टीको पैदल गस्ती टोलीले पैदल नेपालबाट भारत तर्फ शंकास्पदरूपमा जाँदै गरेका दासद्वयलाई रोकेर चेकजाँच गर्दा उनीहरुले बोकिरहेको झोलाबाट ७ किलो गाँजा बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका दाशद्वयमाथि इलाका प्रहरी कार्यालय पोखरियाबाट लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।