दाइजो प्रथा कसरी हटाउने, यो प्रथाको खुलेरै बिरोध गरौ

सागर घोरसाईने
२०७८ माघ १५, शनिबार ०७:३६ गते

उमेर पुगे संगै बिबाह गर्ने गरिदिने समाजिक चलन हो । तर धेरै बर्ष देखि बिहे गर्दा केटा पक्षले केटि संग संगै हाका हाकी मलाई यति दाइजो चाहिन्छ भनेर नै माग्ने गरेको हाम्रो समाजमा सबैलाई थाहा भएकै कुरा हो हामी समाज परिवर्तन गर्ने भनेर हजार पटक भन्छौ तर यस्ता बिषयमा आफ्नो परिवारलाई नै रोक्न सक्दैनौं ।

दाईजो प्रथा पहाड तराईमा व्यापकनै समस्या बनेर जरो गाडेको छ , दाईजो नदिएकै कारणले कतिले त आफ्नै श्रीमतिलाई जलाएर नै मारेको हामीले समाचार सुनेका छौ ।भने हाम्रो समाजमा नै दाईजो दिन नसकेका कारणले छोरीको बिहे हुन नसकेको साथै ऋण गरेर दाईजो दिनाले जीवन भर व्याज तिरेर बस्न परेको मैले नै कति देखेको छु ।तराईमा विषेश गरेर मोटरसाइकल नभई विवाह गर्दिन भनेर जबर्जस्ती केटि पक्षलाई ऋण  मा ढुवाएको घटना त कति छन कति।तर हाम्रो कोल्हवी नगरमा नै दाईजो नलिने नदिने भनेर बिहेको ब्यानरमा नै लेखेर बिहे गर्न सुरु भएको छ यो सकारात्मक पक्ष हो ।

कसरी हटाउने त यो कुरिती केटि पक्षले हामी हाम्रो छोरी लाई दाइजो दिएर बिहे गरिदिदैनौ बरु छोरी लाई आत्मनिर्भर गराउछौ ताकि भविश्यमा हाम्रो छोरीले दुख पाउन नपरोस भनेर छोरीलाई उच्च शिक्षा दिने , लुगा सिलाउन , कम्प्युटर , जस्ता विभिन्न सीप सिकाएर आत्म निर्भर बनाउने गरियो भने यो दाइजो दिनु भन्दा कयौ गुणा राम्रो हुनेछ । जबर्जस्ती दाईजो नमाग्ने तर ससुराली पक्षबाट बिहेको दिन दिए भने के गर्ने धरै ले सोच्नु होला हामी माग्दैनौ तर दिए भने के गर्ने फेरी केटा ठुलो बन्यो भनेर भन्ने पो हुन कि यस्ता सवाल मेरो मनमा पनि नआएको हैन ।तर किन भन्छन त्यस्तो त्यही सोचलाई परिवर्तन गर्न लडेको होईन र हामी यदि त्यस्तै लाग्छ भने बिहेको कुरा तय गर्न जादा नै यो कुरा भन्दिनु दाईजो भन्दा गुण युक्त केटि दिनु भनेर । हामी दिनहु समाजीक सन्जालमा के को लागि वाकलत गरिरहेका छौ परिवर्तन को लागि होईन र अनि अरुले के भन्छ भनेर हामीले सोच्नु भनेको आफु यथास्थितिमा रहि अरुले मात्रै सोच परिवर्तन गरोस , अरुको माध्यमले समाज परिवर्तन होस भन्ने होईन र? त्यसकारण दाईजो को नाम मा दिनु पनि गलत हो लिनु पनि गलत हो ।

के हटाउन सकिन्छ यो जरो गाडेको प्रथा मज्जाले सकिन्छ हामी युवा हरु बिहे गर्न जादा दाईजो भन्दा समक्ष केटि खोज्न थाल्यौ भने केटि पक्ष बाट नै अब चाहि छोरी लाई आत्मनिर्भर बनाउनु पर्ने रहेछ है नत्र छोरीको बिहे हुदैन भन्ने बनाउन मात्र सकियो भने दाइजो दिन सकिएन भने छोरीको बिहे हुदैन भन्ने सोच मा परिवर्तन लिएर आउन सकिन्छ ।र अत्याधिक महत्त्वपुर्ण कुरा हाम्रो नगरपालिकाले यो बिषयमा एक प्रतिशत पनि ध्यान दिएको छैन एक बर्ष पनि न टिक्ने बाटो बनाउदैमा समाज परिवर्तन हुदैन जनप्रतिनिधि ज्यु हरु , दाईजो प्रथा अन्त्य गर्न विभिन्न सुचना मुलक सन्देश हरु प्रवाह गर्नुस नगरपालिका बाटै दाइजो लिने र दिने लाई कडा सजाय दिनुस र दिदिबहिनी हरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिनुस र बनाईदिनुस कोल्हवी नगरलाई नेपालकै पहिलो दाईजो रहित बिहे गर्ने नगरपालिका भनेर । धन्यबाद। मैले माथी भनेको जस्तै काम हाम्रो कोल्हवी नगरमा पनि सुरुवात भएको छ ।

यी तल फोटोमा भएका जोडी मध्यका एकै घरका दाजुभाई बेहुलाहरु हुन बारा जिल्ला कोल्हवी नगरपालिका वडा नं ५ बलुबाका तुलसी चौधरी र निरज चौधरी यिनहरुले तराईमा जरो गाडेर बसेको दाईजो प्रथाको अन्त्य गर्न विवाहको ब्यानरमै( let`s stand against dowry ..भनेर लेखेर नै दाइजो बिना केही दिन अघि विवाह गरे यिनहरुको यो काम हामीहरुको लागि र नगरमै उदाहरणीय काम हो उनिहरुलाई सुरुवात गरेको मा सलाम साथै सबैले उनिहरुबाट सिक्न अनुरोध।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*