लगातार दोस्रो दिन बढ्यो सुनको भाउ, दुई दिनमै ५ हजार ३ सय रुपैयाँ महँगियो

कोल्हवी न्यूज
२०८३ मंसिर ९, मंगलवार ११:३८ गते

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ । अघिल्लो दिन एकैपटक प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो दुई दिनको अवधिमा मात्रै सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १ सय ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*