अयोध्याबाट छुटेको सरयू कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो

कोल्हवी न्यूज
२०८३ मंसिर ९, मंगलवार ११:४० गते

जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट तीर्थयात्री बोकेर छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ।

सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत गरेका छन्। स्वागतका लागि नेपाली र भारतीय राष्ट्रिय झण्डा बोकेर पुगेका स्थानीयले रेलमा सवार तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत गरेका थिए।

प्रधानमन्त्री बालेन शाहको राजकीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीबाट झण्डा देखाएर रेललाई अयोध्याबाट जनकपुरका लागि प्रस्थान गराएका थिए।

दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस रेल यात्रालाई जनकपुरधाममा विशेष महत्त्वका साथ स्वागत गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*