६ महिनामा भित्रिए सवा तीन अर्बका ११ सय विद्युतीय गाडी

सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिने नीति लिएसँगै नेपालमा ब्याट्रीबाट चल्ने गाडीको माग बढेको छ । चालू आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा विभिन्न मुलुकबाट सवा तीन अर्ब रुपैयाँ मूल्यबराबरका ११ सयभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिएका छन् । विद्युतीय गाडीको आयातमा भन्सार छुट, अन्तःशुल्क खारेजदेखि बैंक ऋणसम्म सुविधाहरू उपलब्ध भएका कारण पनि उपभोक्ताको आकर्षण बढेको हो ।
नेपालमा विद्युतीय सवारीसाधन आयात गर्दा क्षमताअनुसार १० देखि ४० प्रतिशतसम्म भन्सार तिरे पुग्छ । तर, इन्धन ९पेट्रोल–डिजेल०बाट चल्ने गाडीको आयातमा भन्सार, अन्तःशुल्कलगायत शीर्षकमा दुई सय प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ । त्यसमाथि गत महिनादेखि नेपाल राष्ट्र बैंकले इन्धनबाट चल्ने सवारीसाधनको आयातका लागि एलसी ९प्रतीतपत्र० खोल्दा ५० प्रतिशत पुँजी ऋणी आफैँले जोहो गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले ५० प्रतिशत मात्र रकम लगानी गर्छन् । तर, विद्युतीय गाडी आयातमा एलसी ९प्रतीतपत्र० खोल्दा बैंकमा १० प्रतिशत मात्र नगद जम्मा गरे पुग्छ । बाँकी ९० प्रतिशत रकम बैंकबाट ऋण लिन पाइन्छ । पुसअघि इन्धनबाट चल्ने गाडीको आयातमा पनि मार्जिन राख्नुपर्दैनथ्यो । विद्युतीय गाडीमा भने अहिले पनि मार्जिन राख्नुपर्दैन ।
मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले पेट्रोलियम गाडीसहित केही विलासी वस्तुहरूको आयातमा कडाइ गरेको हो । सरकारले पेट्रोलियम गाडीको आयातमा कडाइ गरेपछि पुस महिनामा मात्रै एक सय ८९ विद्युतीय गाडी ९कार, जिप र भ्यान० आयात भएको भन्सार विभागले जनाएको छ । विद्युतीय गाडीको सञ्चालन खर्च पनि कम हुने हुँदा धेरै आकर्षण विद्युतीय कारमा देखिएको हो । नेपाली सडकमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रेदेखि ६ पांग्रे बससम्म विद्युतीय हुइँकिन थालेका छन् । विद्युतीय गाडी चलाउँदा महँगो मूल्यमा तेल ९पेट्रोल–डिजेल० किनेर हाल्नुपर्दैन भने मासिक रूपमा सर्भिसिङ र पार्टपुर्जा फेर्न पनि मोटो रकम खर्च गर्नुपर्दैन ।
चालू आवको ६ महिनामा आयात भएका कुल ११ सय तीन विद्युतीय कार, जिप र भ्यानमध्ये सय किलोवाटसम्मका गाडीको संख्या तीन सय ९६ रहेको छ । यस्तै, सयदेखि एक सय ५० किलोवाटसम्म क्षमताका १३ थान कार, जिप र भ्यान भित्रिँदा एक सय ५० देखि दुई सय किलोवाट क्षमताका कार, जिप र भ्यान ६ सय ९२ भित्रिएका छन् । त्यसभन्दा माथिल्लो क्षमताका कार, जिप र भ्यान दुईवटा भित्रिएको भन्सार विभागले जनाएको छ । यी कार, जिप र भ्यान आयातमा तीन अर्ब २४ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।










