इतिहासमा आज : भारत गणतान्त्रिक मुलुक, अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

कोल्हवी न्यूज
२०७८ माघ १२, बुधबार ०६:५६ गते

आज सन् २०२२ जनवरी २६। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।

भारतमा गणतन्त्र घोषणा

भारत सन् १९५० जनवरी २६ मा पूर्णरुपमा स्वतन्त्र भएको थियो। जनवरी २६ मा संयुक्त अधिराज्य बेलायतको उपनिवेशनमा रहेको भारतलाई गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो।

अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

सन् १७८८ जनवरी २६ मा आर्थर फिलिपले अस्ट्रेलियामा पहिलो सेटलमेन्ट गराएका थिए। अहिलेको सिड्नीमा आर्थरले बेलायतीहरुलाई लगेर पहिलो पटक स्थायी बसोबासको व्यवस्था गरेका थिए।

भारतमा शक्तिशाली भूकम्प

भारतमा सन् २००१ जनवरी २६ मा शक्तिशाली भूकम्प गएको थियो। भारतको गुजरातको बुज क्षेत्रमा केन्द्रबिन्द्र बनाएर गएको भूकम्पमा करिब २० हजार मानिसहरुको मृत्यु भएको थियो।

अमेरिकामा संगठित अपराध गिरोहका नाइकेको मृत्यु

सन् १९६२ जनवरी २६ मा अमेरिकाको संगठित अपराधिक गिरोहका नाइके, निकै शक्तिशाली व्ययक्ति लक्की लुसियानोको मृत्यु भएको थियो। सन् १९३० को दशकमा उनी अपराध जगतमा निकै सक्रिय थिए। उनलाई सन् १९४६ मा उनको जन्मथलो इटाली पठाइएको थियो।

मिसिगन २६ औं राज्य घोषणा

अमेरिकाको मिसिगन राज्य २६ औं राज्य घोषणा भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*