सिमरा विमानस्थलबाट २ लाख रुपैयाँ भारुसहित भारतीय नागरीक पक्राउ

कोल्हवी न्यूज
२०७८ माघ १२, बुधबार ०६:५४

सिमरा विमानस्थलबाट २ लाख रुपैयाँ भारतीय रुपैयाँ ९भारु० सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालमा प्रतिबन्ध गरिएको भारतीय रुपैयाँ २ लाखसहित भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिवशंकर बब्लु आइतबार पक्राउ परेका हुन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा विमानस्थलबाट शिवशंकरलाई २ लाख भारतीय रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुलुकको केन्द्रीय बैंकले नेपालभरी भारतीय रुपैयाँ ९भारु० १ सयभन्दा माथि दरका सबै नोट कारोबारमा प्रतिबन्ध लगाएको छ । नेपालमा भारतीय भारु १ सयभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न भने पाइने छ । त्यसभन्दा बढी दरको रकम बोक्न अथवा कारोबारमा पूर्ण रुपले प्रतिबन्द लगाइएको छ । इलाका प्रहरी कार्यलय जितपुरसिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरका अनुसार डिपार्चर रुममा यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई २ हजारका दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित पक्राउ गरिएको थियो ।

बरामद नगद सहित शिवशंकरलाई आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको प्रहरीले जनाएको छ । नेपाल आउने भारतीयहरुलाई नेपालमा नोट प्रतिबन्ध भएको जानकारी नभएको कारणपनि यस्ता घटना हुनेगरेको छ। प्रयाप्त जानकारीको आभावमा भारतबाट नेपाल आउने पर्यटकले प्राय ठूलो मात्रामा भारतीय पैसा बोकेर आइरहेको डिएसपी कुँवरपनि स्वीकार गर्छन । कुँवरले नेपाल(भारत जोडिने सिमानाकाहरुमा प्रष्टसँग बुझ्नेगरी यस बारे जानकारी गराउन सके यस्ता घटनाहरुमा कमि आउने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*