लागुऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ

कोल्हवी न्यूज
२०७८ माघ ११, मंगलवार ०७:५२

प्रहरीले लागुऔषधसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बाराको कलैया उपमहानगरपालिका–१३ बस्ने ३७ वर्षीय निरज कुमार मेहतालाई पक्राउ गरेको हो।

सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मेहतालाई वीरगञ्ज–२५ सिर्सियाबाट पक्राउ गरेको हो। शंकास्पद रुपमा पैदल हिँडिरहेका उनले बोकेको झेलाबाट लागुऔषध नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल गरी २४० एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनलाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*