आहा रारा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र आर्मी भिड्दै

कोल्हवी न्यूज
२०७८ माघ ११, मंगलवार ०७:४७ गते

पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ।
पोखरा रङ्गशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजेबाट हुनेछ।

आज दुवै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*