यमनको एक कारागारमा हवाई आक्रमण हुँदा १०० जनाको मृत्यु

कोल्हवी न्यूज
२०७८ माघ ८, शनिबार ०६:०८

यमनको एउटा कारागारमा भएको हवाई हमलामा कम्तीमा १०० जनाको मृत्यु भएको छ । साउदी नेतृत्वको गठबन्धन फौजले गरेको आक्रमणमा अन्य थुप्रै घाइते भएका छन् ।

बिहान सबेरै लडाकु समूह हुथी मुभमेन्टको बलियो पकड रहेको सादा सहरमा आक्रमण गर्ने क्रममा यो घटना भएको हो । साउदी गठबन्धनका सदस्यमध्ये एक संयुक्त अरब इमिरेट्समा हुथी समूहद्वारा भएको एक शक्तिशाली बम आक्रमणको प्रत्युत्तरमा गठबन्धन फौजले यसरी लगातार बमबारी गरेको हो ।

सन् २०१५ देखि अरब मुलुकहरूको नेतृत्व गर्दै साउदी अरेबियाले यमनमा लडाकुहरूविरुद्ध आक्रमण गर्दै आएको छ ।

अहिलेसम्म यस युद्धमा दस हजार भन्दा बालबालिकासहित लाखौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अन्य लाखौँ व्यक्ति विस्थापित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*