बसको डिक्कीमा लुकाई छिपाई लैजाँदै गरेको ७० हजारको पाउडर दुध बरामद
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रात्रीकालिन बसको डिक्कीमा लुकाई छिपाई लैजाँदै गरेको ७० हजारको पाउडर दुध बरामद गरेको छ ।
बारा जिल्लाको जितपुरसिमरा वडा नम्बर १ सिमरा स्थित तराई यातायात व्यबसायी संघ कार्यालयको गेटमा प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिरगंजबाट बाठमाण्डौ जाँदै गरेको ना। ७ ख। नम्बरको बसलाई चेक जाँच गर्दा डिक्की भित्र लुकाएर लादै गरेको नौ हजार एक सय पच्चिस किलो अन्दाजै ७० हजार मुल्य बराबरको दुधको कुनै पनि बिल नभएको कारण प्रहरीले नियन्त्रणमा लिइएको छ र आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताए ।