पचास लाख बराबरको भन्सार छलिका सामान लोड गरिएको ट्रक सहित एक जना प्रहरीको नियन्त्रणमा
काठमाण्डौं लग्दै गरेको विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू करिब पचास लाख बराबरको भन्सार छलिका सामान लोड गरिएको ट्रक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ८ स्थित माईस्थान सडक खण्डमा प्र।२९०३०००१ ख ३३८९ नम्बरको मालबाहक ट्रकमा लग्दै गरेको खुद्रा सामानहरु तथा आर्डवेयरका पार्टसहरु लोड गरिएको ट्रक सहित रौफ आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टालीले बिशेष सुचनाका आधारमा सो ट्रकलाई रोकेर चेक जाँच गर्दा पचास लाख बराबरको सामान सहित आलमलाई पक्राउ गरेको प्रहरीले बताए । पक्राउ परेका आलम पर्सा जिल्ला कै बिरगंज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने ३२ बर्षिय पुरुष रहेको पनि प्रहरीले बताएका छन् ।
पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नो नियन्त्रणमा लिएको र लोड गरिएको सामान सहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाई दिएको पर्साका प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।