बिश्रामपुर गाउँपालिकाको अध्यक्ष पालको मनोमानी ,नायब सुब्बालाई दिए जिम्मेवारी

कोल्हवी न्यूज
२०७८ माघ ७, शुक्रबार ०५:५३

बाराको बिश्रामपुर गाँउपालिकाको अध्यक्ष अमिरिलाल पालले आफू खुशी योजना चलाउन आफ्नो मातहतका नायब सुब्बालाई कार्यलयको जिम्मेवारी दिइएको रहस्य बाहिर आएको छ ।

तत्कालीन प्रमुख प्रशासकिय अधिकृत सुनिल केसरी प्रसौनी गाउँपालिकामा सरुवा भएलगत्तै गाउँपालिका अध्यक्ष पालले आफुखुसी योजना चलाउन र कमिसनको निमित योजना शाखामा कार्यरत नायब सुब्बा दिपकलाल पाललाई जिम्मेवारी दिइएको गाउँपालिकाको उपाध्यक्ष सुमिन्त्रा देबिले आरोप लगाएकी छिन ।

बिश्रामपुर गाउँपालिका अन्तर्गतको गाउँपालिका स्तरीय बिकास निर्माणकार्य, सडक ,नाला निर्माण वडा कार्यलय निर्माण ,माटो पुरी ग्राभेल को कार्यको लागि अध्यक्ष पालले आफू निकट रहेको ब्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाई करोडौं रकम हजम गर्दै आएको छन । बिश्रामपुर गाउँपालिकामा लक्षित बर्गको लागि संचालन हुने जनचेतनामूलक कार्यक्रम अध्यक्षले आफ्नो निकट क्लब र गैरसरकारी संस्था मार्फत गर्ने र कमिसन लिने गरेको रहस्य बाहिर आएको छ ।

बिश्रामपुर गाउँपालिकाको जिम्मेवारी पाएको दिपकलाल पाल भन्दा सीनियर कर्मचारी गाउँपालिकामा छदाँछदै अध्यक्षले योजना शाखाको कर्मचारीलाई नियमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिई भ्रष्टाचारमा लिप्त रहेको स्थानीयहरुले गुनासो गरेका छन । गाउँपालिकामा टेन्डर प्रक्रियामा समेत आफ्नो निकट फर्मलाई टेन्डरमा भर्न लगाई बजेटमा अनियमितता गर्ने गरेको ठेकेदारहरुले गुनासो गरेका छन ।

स्थानीय जनप्रतिनिधिको कार्य अवधी सक्न लग्दा स्थानीय तहको बजेट आफुखुसी संचालन गर्न होडबाजी नै चलेका छ । त्यसैको लागि आफ्नो रबर स्टाम्पलाई कार्यालयको जिम्मेवारी दिईएको जनगुनासो ब्यापक आउन थालेको छ। साथै गाँउपालिकामा ११ वटा गाँउपालिका प्रहरी राखि सेवाग्राही सँग धाधली समेत गरीरहेको स्थानियहरु आरोप लगाउदै आएका छन । गाँउपालिका अध्यक्ष पालसँग प्रतिक्रिया लिन जाँदा आफु धेरै नै ब्यस्त भएकाले पछि भेट्ने भनि प्रतिक्रिया दिएका नबाट पँछिएका थिए । यो सामाचार आजको शुभ आरम्भ राष्ट्रिय दैनिकामा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*