७ वटा कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म कुनै काम गर्न नपाउने

कोल्हवी न्यूज
२०७८ माघ ६, बिहीबार ०९:०९ गते

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । ६ माघ देखि लागु हुने गरी अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखेको हो ।

‍कालो सुचीमा रहेका कम्पनीले राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ । कालो सूचीमा पर्ने कम्पनीहरूमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि छन् ।

रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*