निगमलाई केमा कति घाटा ? चालु आर्थिक वर्षमै ३ पटक मूल्य बढ्यो

कोल्हवी न्यूज
२०७८ माघ ६, बिहीबार ०६:२८ गते

चालू आर्थिक वर्षमै नेपाल आयल निगमले तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयलय निगमले नेपाल आयल निगमलाई १२ पटक पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएकोमा निगमले ३ पटक बढाएको हो । जसअनुसार अधिकांश समय मूल्य बढाएरै मूल्यसूची आएको नेपाल आलय निगमको विज्ञप्तिमा उल्लेख छ ।
पटक पटक मूल्य बढाउनुपरेपनि निगम घाटामा जाने क्रम भने निरन्तर जारी छ । चालू आर्थिक वर्षमा मात्रै निगमले १९ अर्ब २६ करोड घाटा खाइसकेको छ ।

निगमलाई पेट्रोलमा प्रतिलिटर १०।७२ रुपैयाँ घाटा छ । जसअनुसार १५ दिनको घाटा करिब ३४ करोड ८१ लाख हुन आउँछ । यस्ते डिजेलमा ६।३३ रुपैयाँ घाटा रहेको छ । जसमा १५ दिनमा करिब ५७ करोड ४३ लाख घाटा हुने निगमको भनाइ छ । यसैगरी मट्टीतेलमा २ करोड ७ लाख घाटा करिब १५ दिनमा हुने निगमले जनाएको छ। निगमका अनुसार अहिले प्रतिलिटर मट्टितेलमा २२।६४ रुपैयाँ घाटा रहेको छ ।

यस्तै ग्यासमा निगमलाई ग्यास प्रतिसिलिन्डर ६४६।१६ पैसा घाटा हुँदा १५ दिनमा करिब ११४।८६ करोड घाटा हुन्छ । निगमले  ग्यासको भाउ भने यथावत राखेको छ। हवाइ इन्धनमा भने १५ दिनमा निगमले आन्तरिकतर्फ २ करोड ६१ लाख र बाह्यतर्फ १३ करोड ७९ लाख कमाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*