कोरोना संक्रमित भएपछि बक्सिङ खेलाडी विदेशमा खेल्न जानबाट रोकिइन्

कोल्हवी न्यूज
२०७८ माघ ६, बिहीबार ०५:५३ गते

कोरोना संक्रमण भएपछि बक्सिङ खेलाडी शुष्मा तामाङ प्रतियोगिता खेल्न विदेश जानबाट बञ्चित भएकी छन् । एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उज्वेकिस्तान बक्सिङ संघको आयोजनामा यहि जनवरी २० देखि ३०– २०२२ सम्म तास्कन्त शहरमा शुरु हुन गैरहेको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा उनी सहभागी हुने निश्चित भएपनि कोरोना पुष्टि भएपछि जानबाट रोकिएकी हुन् ।

‘उडान पूर्व हिजो राती पीसीआर परिक्षणमा कोभिड– १९ पोजेटिभ रिपोर्ट देखिएकोले उनी तास्कन्ट प्रस्थान गर्न पाइनन् र जसको कारण उक्त प्रतियोगितामा नेपालको सहभागिता हुने छैन’, नेपाल बक्सिङ संघको विज्ञप्तिमा भनिएको छ ।

खेलाडी सुस्माको स्वास्थ्य नर्मल रहेको र उनीमा कोभिड –१९ को कुनै पनि लक्षण नदेखिएको संघको भनाइ छ । उनी सँगै टिममा सहभागी प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नविन तण्डुकारको भने नतिजा नेगेटिभ आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*