प्रहरी सहायक निरीक्षक सिंहको असुलीका कारण स्थानीय ग्रसित, समबन्धित निकाय मौन
बिरगंज महानगर भित्र इनर्वा गाउका प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विटु सिंहले अबैध धन्दा बापत रकम असुल गरिरहेपनी समबन्धित निकाय मौन रहेका छन । सीमाबाट हुने अबैध क्रियाकलाप तस्करी बापत रकम असुल गरिरहेको प्रमानित भएपनी समबन्धित निकाय कारवाही गर्नुको सट्टा मौन रहेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो कार्य क्षेत्र भित्र पर्ने कुनै नाकाबाट तस्करी हुन नदिन र गराउन खोज्ने प्रहरीलाई कानूनी कारवाही गर्ने बताएपनी प्रहरी सहायक निरीक्षक सिंह माथी कारवाही नगरिदा प्रश्न चिन्ह खडा भएको छ । एनि हाउ पैसा कमाउ भन्ने उदेश्यले प्रहरी चौकी इनर्वामा गएका प्रहरी सहायक निरीक्षक सिंह हालको समयमा ठुला वडा तस्करलाइ लाइन दिएको समाचार श्रोतले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले पर्सा जिल्लाको सबै नाका पूर्ण रूपले ठप्प पारेपनी इनर्वा गाउँ हुँदै आइरहेको तस्कर संगठनलाई न रोक्न सकेका छन न त प्रहरी सहायक निरीक्षक सिंहलाइ कारवाही नै गर्न सकेका छन ।
यता स्थानीय युवाहरूका अनुसार प्रहरीले रकम नलिनुजेल तस्करीको लाइन चलाउन असम्भव रहेको बताए । प्रहरीले रकम बुझे पश्चात् तस्करी गर्ने तस्कर संगठन सकृय भएको बताए । जसका कारण रातिको समयमा सडक छेउमा रहेका घरहरू भित्र सुत्न समेत गारो भएको गुनासो गरे । आफ्नो पेशालाइ बदनाम गर्दै प्रहरी सहायक निरीक्षक विटु सिंहले गरिरहेको कार्यले गर्दा मिडियामा आउन बाध्य भएको बताए । यस बिषयमा प्रहरी उपरीक्षक बस्नेतको यसतर्फ ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।