शानदार कमब्याक गर्दै भिल्लाले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो, कोटीन्होले गरे डेभ्यु गोल

कोल्हवी न्यूज
२०७८ माघ २, आईतवार ०७:०९

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । भिल्लाको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा २(० ले पछि परेको एस्टन भिल्लाले कमब्याक गर्दै खेल बराबरी गरेको थियो । भिल्लाका लागि ज्याकब रामसी र फिलिप कोटीन्होले एक एक गोल गरेका थिए ।

अघिल्लो सातामात्र बार्सिलोनाबाट भिल्लामा आएका कोटीन्होले आफ्नो पहिलो खेलमा नै गोल गरेर सुखद शुरुवात गरेका छन् । उनी खेलको ६८औ मिनेटमा मैदानमा सब्सिच्यूटको रुपमा छिरेका थिए भने खेलको ८१औं मिनेटमा गोल गरेका थिए । यस अघि ७७औं मिनेटमा रामसीले भिल्लाका लागि पहिलो गोल गरेका थिए ।

त्यस्तै युनाइटेडका लागि दुवै गोल ब्रुनो फेर्नानडेजले गरेका थिए । उनले खेलको छैटौ र ६७औं मिनेटमा गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डो भने इन्जुरीका कारण खेलेका थिएनन् । रोनाल्डो हिप इन्जुरीका कारण योसहित पछिल्ला दुई खेलमा अनुपस्थित भएका छन् ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २० खेलमा ३२ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको यस खेलपछि २० खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*