पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश- १ काे खेल स्थगित

कोल्हवी न्यूज
२०७८ माघ १, शनिबार १३:४१ गते

पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको छ ।

प्रदेश(१ का खेलाडीमा कोरोना भएको आशङ्कापछि बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुने खेल स्थगित गरिएको हो ।

कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय हुने भएको छ । कीर्तिपुर मैदानमा दिउँसो १ बजे वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*