थारु समुदायको लाया वर्ष २६४६ को अवसरमा कोल्हवीमा रक्तदान

अनिल प्रित
२०७८ पुष ३०, शुक्रबार १६:२९

 

बाराको कोल्हवी नगरपालिका वडा नं. १ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

थारु समुदायको लाया वर्ष थारु सम्बत २६४६ को अवसरमा थारु कल्यान कारिनी सभा जिल्ला कार्यसमिती बारा र गाउँ एकाई कमिटी कोल्हवीको आयोजनामा र नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र बिरगंज पर्साको सहयोगमा सम्पन्न भएको हो ।

राष्ट्रिय स्तरका थारु गाएक आरया चौधरीले सुरुमै रक्तदान गर्नु भयो । ३४ जना पुरुष र ४ जना महिला गरि ३८ जनाले रक्तदान गर्नु भएको मुल समितीका सदस्य सचिव रामनाथ चौधरीले कोल्हवी न्युजलाई जानकारी दिनु भयो ।


रक्तदान गर्नु हुनेमा था.क.स.जिल्ला कार्य समिती बाराका सभापती रामप्रसाद चौधरी , वडा नं. ९ का वडा अध्यक्ष योगेश चौधरी , कैलाश बि.क , बसन्त चौधरी , जयसिंह  राय थारु लगाएतका रहेका थिय ।

थारु माघी सांस्कृतीक महोत्सव भोली माघ १ गते देखि ३ गते सम्म मनाइने छ । थारु जातिको परिकार , पहिरन , भेषभुषा , कलासंस्कृती प्रस्तुत गरिने आयोजकले जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*