वीरगञ्जबाट १० केजी चरेशसहित १ महिला पक्राउ

कोल्हवी न्यूज
२०७८ पुष ३०, शुक्रबार ०५:५५

जिल्ला प्रहरी कार्यालय पर्साले १० केजी लागु औषध चरेशसहित १ जना महिलालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा उक्त परिमाण बराबरको चरेश बरामद गरेको हो । शंकास्पद अवस्थामा रक्सौलतर्फ पैदल जाँदै गरेकी रौतहटको परोवा नगरपालिका वडा नम्बर ९ बंकुल टोल निवासी ४२ वर्षीय रञ्जु देवीलाई प्रहरीले पक्राउ गरेको हो ।

देवीले ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्कार ज्याकेटको दुवैतर्फको खल्तीमा लुकाएको अवस्थामा चरेश फेला परेको हो ।

बरामद लागु औषधसहित महिलालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*