मिर्गौला पिडितलाई उपचारको लागि सहयोग हस्तान्तरण

कोल्हवी न्यूज
२०७८ पुष २८, बुधबार ०६:०४ गते

हेटौंडा,चितवन बिरेन्द्रनगरकी अन्जु लामाको उपचारको लागि संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
हेटौंडा ७ न्युरेनीमा जन्मिएर चितवन बिरेन्द्रनगर बसाई सरि गएकी अन्जु लामाको दुबै मृगौला फेल भई उपचार गरिरहनु भएको र आमा कृतिमाया मृगौला दिन तयार भए पनि खर्च अभावको कारण मृगौला प्रत्यारोपण गर्न नसकेकोले सानो सहयोग स्वरुप हेटौंडा ७ बाट रु. ८५००० सहयोग संकलन गरि हस्तान्तरण गरिएको हो । समाजसेवी राजु वाईवा, सन्जा मुक्तान तथा समृद्ध युवा बचत कोषको समन्वयमा संकलित रकम हेटौंडा ७ का वडा अध्यक्ष श्री राजन थापाको हातबाट पिडित परिवारलाई हस्तान्तरण गरिएक‍‍ छ ।
सो कार्यक्रम मा राजु वाईवा, युवराज गौतम, सुशील सुवेदी, किरण लामिछाने, श्यामकुमार दाहाल, सन्जा मुक्तानको लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*