बैदेशिक रोजगार बिभाग सपहीद्वारा अति बिपन्न ६० जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ४ सपही चौकमा रहेको अम्वेश्वर महादेव मन्दिरको प्रांगणमा गरिब, दलित , असाहय , अपाङ्ग तथा वृद्धालाइ न्यानो कपडा वितरण गरेको हो ।
वडा नं. ४ का बिभिन्न टोलका ६० जनालाई न्यानो कपडा बलाङ्केट एक कार्यकक्रका बिच बितरण गरिएको हो ।
रेडियो कोल्हवीको कार्यक्रम “टोल टोलमा रेडियो” कोल्हवीले प्रसारण गरेको भिडियो रेडियो कोल्हवीको युटुब च्यानल कोल्हवी टि.भी.लाई कार्यक्रमका सभापति गोबिन्द गौलीले धन्यवाद दिनुभयो । साथै हामीले राजनितीक गर्ने मनसाय समेत नरहेको र हामीसंग हुने सहयोग हलपल गर्न तयार रहेको पनि बताउनु भयो ।
न्यानो कपडा कोल्हवी नगरपालिका वडा नं. ४ मा रहेका सपहीको ८ जना , प्रगतिनगरका १२ जना , बन्ठाकटिका ११ जना, बनरझुलाका ८ जना र सुकुमवासी टोलका २१ जना गरि ६० जनालाई न्यानो कपडा बलाङ्केट बितरण गरेको हो ।
कार्यक्रमका अतिथिहरुमा समाजसेवी जगदेव चौधारी , तपेश्वर राय थारु, सुरेन्द्रनाथ उप्रेती,विधराज सुवेदी , बुद्धिसागर गाउले , कालिका बि। क।, देवकान्त चौधारी , कोपिला भण्डारी, उमाशंकर चौधरी, विष्णु प्रसाद मैनाली , मञ्जु चौधरी लगायत समाजका विभिन्न अगुवा व्यक्तिहरू समेत उपस्थिति रहेका थिए ।
बैदेशिक रोजगार विभागका संस्थापक राजेन्द्र सुवेदीको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। भने कार्यक्रमको सञ्चालक दिपेन्द्र सुवेदीले गरेका थिए ।










