वीरगञ्जमा भन्सारका कर्मचारीको मिलोमतोमा भन्सार छली सामानहरु भित्राउने कार्य बढदै

कोल्हवी न्यूज
२०७८ पुष २५, आईतवार ०६:३४

केही दिनदेखि वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली औषधि तथा खुद्रा सामानहरु भित्राउने कार्य बढदै गएको पाइएको छ ।वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली गरेर बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरु व्यापारीहरुले भित्राउने गरेको केही दिनदेखि पाइएको छ ।

बिल बिजक भन्दा बढी सामानहरु सवारी साधनमा लोड गरेर खुद्रा तथा औषधिहरु वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भित्रयाईने गरिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले चेकजाँचमा कडाई गर्दै वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली गरि ल्याइएको औषधि तथा खुद्रा सामानसहितको सवारी साधान र चालकलाई नियन्त्रणमा लिने गरेको छ ।

प्रहरीले वीरगञ्जको घण्टाघरबाट गएको पुस १७ गते प्रहरीले यस्ता ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गत पुस १७ गते घण्टाघर चोकमा ना।६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा सामान बरामद गरी सवारी र चालक नियन्त्रणमा लिएको थियो ।

यस्तै गत पुस १५ गते बिहीबार पनि प्रहरीले वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली ल्याइएको खुद्रा सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले भन्सार नाका भन्दा झण्डै १० किलोमिटर उतरसम्म गईसकेको ट्रकलाई वीरगञ्ज–२१ परवानीपुरमा रोकेर चेकजाँच गर्ने पक्राउ गरेको हो । ट्रकसहित सामानको मुल्याँकन साठी लाख गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पर्सा प्रहरीले बुझाएको थियो ।

यस्तै गत मँसिर १ गते पनि वीरगञ्ज महानगरपालिका नम्बर ८ घण्टाघर स्थित सडकखण्डको बाटो हुँदै जादै गरेको ट्रकबाट वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली लैजादै गरेको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । ना।६ ख १३७ नम्बरको मालवाहक ट्रकबाट खुद्रा तथा हार्डवेयर लगायतका मालवस्तुहरू बिल बिजक भन्दा बढी भन्सार छली लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ट्रक र चालकलाई नियन्त्रणमा लिई ट्रकको सामानहरुलाई मुल्याँकन गरी आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*