जय कालिका महिला दुग्ध उत्पादन सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न
बाराको कोल्हवी नगरपालिका वडा नं. २ को हनुमानगंज सुनमति बजार परिसरमा एक कार्यक्रमका बिच श्री जय कालिका महिला दुग्ध उत्पादन सहकारी संस्था लि.को चौथो साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी कोल्हवी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी रहनुभएको थियो भने । विशिष्ट अतिथी खिल माया मैनाली , चेतनाथ तिमलसीना , नेत्र प्रसाद मैनाली , देवी प्रसाद थपलिया त्यस्तै अतिथीहरुमा ग्रामिण उद्यम विप्रेशन आयोजना ( समृद्धि ) को निर्मला श्रेष्ठ ,श्री सुर्य ज्योती दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष अनुप सुवेदी , गंगा प्रसाद कोइराला र खेम नरायण शर्मा , अस्थाई प्रहरी पोष्ट झुरझुरका प्रहरी हवलदार वृजलाल गिरी, समाजसेवी देवी प्रसाद , श्याम लामा
रेडियो कोल्हवीका प्रबन्धक अनिल प्रित चौधरी , ज्ञानु चौधरी , पशु सेवा कार्यालय कोल्हवीका साखा प्रमुख शम्भु प्रसाद पनुहर , हनुमान गंज बजार व्यवस्थापन समितीका अध्यक्ष प्रबिन लामा , सामुहिक चेतना बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष गणेश प्रसाद मैनाली सहित सहकारीमा आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।
श्री जय कालिका महिला दुग्ध उत्पादन सहकारी संस्था लि. र श्री सुर्य ज्योती दुग्ध उत्पादन सहकारी संस्था लि. दुवै मर्ज गर्ने बताउनु भयो ।
सर्व सहमतीबाट चुनियका नयाँ कार्य समितीको अध्यक्षमा दिप लक्ष्मी खरेल , उपाध्यक्ष अप्सरा देवी मैनाली , कोषाध्यक्ष शुशिला दहार , सचिव सबु तिमलसिना ,सह सचिव शुसिला लामा , सदस्यहरुमा बम्बै कुमारी लामा , गोमा कुमारी काफले , शान्ता कुमारी शर्मा , शान्ता घिमिरे , शुमित्रा कुमारी बर्तैला र बिनिता सुवेदी रहुन भएको छ ।
ॠण समितीको संयोजकमा अप्सरा देवी मैनाली , सदस्यहरु शुमित्रा कुमारी बर्तैला र सरिता बिक ,
लेखा समितीको संयोजकमा कन्चन मैनाली , सदस्यहरु रिया मैनाली र कमला मल्ल ठकुरी
शिक्ष समितीको संयोजकमा सबु तिमलसिना र सदस्यहरुमा रिता खडका र निर्माला कुमारी मैनाली रहनु भएको छ ।
कार्यक्रममा ३ जना स्कुल पढने छात्र छात्रालाई छात्रबृती प्रदान गरेको थियो ।










