भारतविरुद्ध दक्षिण अफ्रिका ७ विकेटले विजयी

कोल्हवी न्यूज
२०७८ पुष २३, शुक्रबार ०७:०९

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । जोहानेसबर्गमा दोस्रो टेस्टको पाँचौं दिनको खेल सकिन ६।२ ओभर बाँकी रहेका बेला भारतले दिएको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर पुरा गरेको हो ।

दक्षिण अफ्रिकालाई जिताउनका लागि डेन इल्गरले ९६ रनको नटआउट पारि खेल्दा रसे भान डेर डुसेन ४१ रनमा पभेलियन फर्किएका थिए । यसैगरी एडन मार्करमले ३१ रनको योगदान गरे । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २०२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २२९ रन बनाएको थियो । पहिलो पारिमा २७ रनले पछि परेको भारतले दोस्रो पारिमा २६६ रन बनाएको थियो ।

समग्रमा २३९ रन भारतले बनाएपछि दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य पाएको थियो । भारतका लागि मोहम्मद सामी, रविचन्द्र आश्विन र सार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए । यो जितपछि सिरिज १–१ को बराबरीमा आएको छ । ३ टेस्ट म्याचको िसरिजमा पहिलो टेस्ट भारतले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*