बिहारका एक पुरुषद्वारा कोरोना खोपको ११ डोज लिएको दाबी !

कोल्हवी न्यूज
२०७८ पुष २३, शुक्रबार ०७:०७ गते

भारतको बिहारका एक पुरुषले कोरोनाविरुद्धको खोपको ११ डोज लिएको दाबी गरेका छन्। मधेपुरा जिल्लास्थित पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले उक्त दाबी गरेका हुन्। खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको उनले बताए।

यता, मधेपुराका सिभिल सर्जन डा अमरेन्द्र प्रताप शाहीले उनको दाबी साँचो हो वा झुटो हो त्यसको छानबिन गरिने बताए अस्पतालको अभिलेख जाँच्ने र उनको दाबी सत्य पाइएमा जिम्मेवार व्यक्तिलाई कारबाही गरिने शाहीले बताए।

अहिले भारतमा कोरोनाको तेस्रो लहर चलिरहेको छ र बुधबार देशमा ९० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षभन्दा माथिका मानिसहरूलाई जनवरी १० देखि तेस्रो डोज दिने घोषणा गरेका थिए। भारतमा अहिलेसम्म दुई डोज मात्रै दिने अनुमति छ। जनवरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*