नयाँ दिल्लीमा ६ दिनमा आठ गुणा बढ्यो कोरोना सङ्क्रमण

कोल्हवी न्यूज
२०७८ पुष २३, शुक्रबार ०७:०६ गते

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार बिहीबार १५ हजार ९७ जना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा अब सङ्क्रमणदर १५।३४ प्रतिशत पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।

१ जनवरीमा दिल्लीमा २ हजार ७९६ जनामा सङ्क्रमण देखिएको थियो भने आज ९६ जनवरी० १५ हजार बढीमा सङ्क्रमण पुष्टि भएको हो । ६ दिनको बीचमा ८ गुणा बढी सङ्क्रमित फेला परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*